====प्रधानाध्यापक==== - Shree Rameshwor Secondary School | रामेश्वर मा.वि.F

Hot

====प्रधानाध्यापक====



 जुगल ५ खमारेमा अबस्थित श्री रामेश्वर मा. वि. आफैमा एक पहिचान हो,सामुदायिक विद्यालय भए पनि दरबन्दी पर्याप्त छैन तर शिक्षक मित्रहरुको अतुलनीय योगदान, विद्यालय व्यवस्थापन समिती, शि. अ. संघ  को निरन्तर खबरदारी अभिभावक , गाउँपालिका, वडा पालिका, छिमेकी गाउँपालिका, राजनीतिक व्यक्तित्व , समाजसेवी शिक्षा सेवि बुद्दिजिवी हरुको  उच्चतम सल्लाह सुझावको आधारमा सन्चालित यो विद्यालयले आफुलाइ अब्बल बनाउन मेहेनत गरिरहेको छ, शिक्षक मित्रहरुको एकरुपता र अशिम लगावले शैक्षिक गुणस्तर वृद्धि गर्न थप सहज भएको छ। बिज्ञान र प्रबिधिको तत्कालिन महत्त्वलाई आत्मसात गर्दै आगामी दिन प्रबिधी मैत्री विद्यालय निर्माण गर्न सबै पक्षको आवश्यक साथ र सुझाब को आशा गरिएको छ। सकारात्मक  बिचार सङै सकारात्मक आलोचना गर्ने र पेशा प्रती इमान्दार हुँदै आफ्नो क्षमता को भरपुर विकास गर्न प्रबिधिले मद्दत गर्छ भन्ने उद्देश्यले विद्यालयको आफ्नै वेबसाइट निर्माण गरिएको छ। कुशलता पुर्बक आफ्नो भुमिका निर्बाह गरि प्रबिधिलाइ अभिभावक , बिधार्थी र समुदायलाइ जोडी सन्सकार सहितको शिक्षा दिन लागिपरेका हामी र हाम्रो विद्यालयलाई रचनात्मक सुझाब प्राप्त हुने आशा गरिन्छ।  आगमी दिनहरुमा विद्यालय प्रबिधी मैत्री बनाउन अझै उच्चस्तरको योजना निर्माण हुनेमा विश्वस्त बन्दै सबै सबैमा शैक्षिक शुभकामना ।          

>प्रधानाध्यापक: कृष्ण प्रसाद घिमिरे 

No comments:

Post a Comment